Kakhara सबैको खबर सम्पूर्ण खबर
१५ किलो ३ सय ग्राम अफिम सहित २ महिला पक्राउ 

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले ठुलो मात्राको अफिम सहित २ महिलालाई पक्राउ गरेको छ । आज बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ भकारी नजिकबाट २ महिला १५ किलो ३ सय ४० ग्राम अफिम सहित २ महिला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका ४ खैरेनीकी ३० बर्सिया सन्ध्या घर्ती मगर र बार्दियाकै बाँसगढी नगरपालिका ३ लक्ष्मणपुरकी ४२ बर्सिया मिना रोकाय रहेको शाखाले जनाएको छ । उनीहरूले लागू औषध अफिम खरिद बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा शाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई खानतलासी गर्दा सन्ध्याले बोकेको क्यान कम्पनीको झोला भित्र लुकाई राखेको अवस्थामा अफिम फेला परेको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले जानकारी दिएको छ । साथै उनीहरूको साथबाट २ थान मोबाइल र नगद ३४ हजार समेत बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय मोतिपूर बाँसगढी बर्दियामा बुझाइएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update