रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित मुग्लुखाेलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
आइतबार राती ११ बजेको समयमा जिल्ला मुसिकोट नगरपालिका ३ मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मुसिकोट नगरपालिका १ सहिद मैदान बस्ने २५ वर्षीय सुन्दर भण्डारीको मृत्यु भएको हो ।
साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि निज घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएकामा डाक्टरले चेकजाँच गर्ने क्रममा आज बिहान ०३:०० बजेको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
घटनाकाे जानकारी पश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको कमान्डमा ५ जनाको प्रहरी टोली खटिएको डिएसपी पौडेलले बताउनुभयो । सुन्दरसँग माछा मार्न गएका उनका ४ जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
घटनास्थल अनुसन्धानको लागी अस्थायी प्रहरी पोस्ट छिवाङबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर थारुको कमान्डमा ३ जना टोली राखटिएकाे छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ७ जनाको टोली खटिएको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।




1686475760.jpg)


-1759842583.jpg)