रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको सानीभेरी नदीमा बगेर मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय रामबहादुर ओलीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार दिउँसो १ बजेतिर ओली घरमा कोही कसैलाई जानकारी नगराई घरबाट निस्किएकोमा खोज तलास गर्दा आज बिहान ७:३० बजेको समयमा सानीभेरी गाउँपालिका ४ मुसेखोला स्थित सानीभेरी नदीको बिच टापुमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
ओली नुहाउने क्रममा बगेको हुनसक्ने अनुमान गरिएको र घटनाको थप अनुसन्धान चलिरहेको उहाँले बताउनुभयो ।
उक्त स्थानमा प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमान्डमा ३ जनाको टोली र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा ७ जनाको टोली खटिएको उहाँको भनाई छ ।
कर्मचारीकाे निधनमा सानीभेरी गाउँपालिकाले आज शाेक बिदा दिएकाे छ ।




1686475760.jpg)


-1759842583.jpg)