Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा सातदिने योग शिविर सम्पन्न, आयुर्वेदिक औषधि समेत वितरण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको सातदिने विशेष योग शिविर सम्पन्न भएको छ । योग, ध्यान तथा तनाव व्यवस्थापनसम्बन्धी ज्ञान र अभ्यास प्रदान गर्ने उद्देश्यले आयोजित शिविर सोमबार सम्पन्न भएको हो । योग शिविर गत असार १ गतेदेखि सञ्चालन गरिएको थियो । आज एक कार्यक्रममा विच शिविर समापन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभयो । 

5753b936-16e6-4414-b725-0bf945a70799-1782127409.jpeg

उहाँका अनुसार शिविरमा सहभागीहरूलाई योगाभ्यास, ध्यान, स्वस्थ जीवनशैली तथा तनाव व्यवस्थापनका विभिन्न विधिबारे प्रशिक्षण दिइएको थियो । सहभागीहरूले नियमित योग र ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । शिविरको अवसरमा आयुर्वेदसम्बन्धी परामर्शसँगै व्यक्तिको आवश्यक अनुसार आयुर्वेदिक औषधिहरू पनि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

17f7b068-e86c-4fc5-ab28-0f65c48f9499-1782127406.jpeg

स्थानीय नागरिकलाई आयुर्वेद उपचार पद्धति र यसको महत्वबारे जानकारी गराउँदै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजनामा तथा नागरिक आरोग्य सेवा केन्द्र बाँफिकोट गाउँपालिकाको समन्वय तथा सहजीकरणमा सम्पन्न शिविरमा विभिन्न उमेर समूहका स्थानीयवासीहरूको  सहभागिता रहेको थियो । यस्ता कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य प्रवद्र्धन, रोगको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरणा पुग्ने आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले अपेक्षा गरेकाे छ । 

de343a4a-b224-42d7-b273-17cf1ed68c7b-1782127442.jpeg

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update