दैलेखकाे दुल्लु नगर अस्पताल र कालभैरव स्वास्थ्य चौकीमा खानेपानी सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका संरचना हस्तान्तरण गरिएको छ । युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा सञ्चालित “स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता” परियोजना अन्तर्गत निर्माण भएका उक्त संरचना हस्तान्तण गरिएको हो । दुल्लु नगरपालिकाको नगर अस्पताल र कालभैरव स्वास्थ्य चौकीमा निर्माण सम्पन्न भएका विभिन्न पूर्वाधार तथा संरचनाहरू सम्बन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजना अन्तर्गत स्वास्थ्य संस्थामा स्वच्छ खानेपानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन, संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । निर्माण गरिएका संरचनाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सेवाग्राही र स्वास्थ्यकर्मीका लागि सुरक्षित तथा व्यवस्थित वातावरण सिर्जना हुने कार्यकारी निर्देशक ओलीले बताउनुभयो ।
स्वास्थ्य संस्थामा सुरक्षित पानी, सरसफाइ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको प्रभावकारी प्रणालीले स्वास्थ्य सेवा थप भरपर्दो, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री धनश्याम भण्डारी बताउनुभयो ।समुदायको स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन तथा दिगो विकासका लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई थियो ।सहभागीहरूले परियोजना सफल कार्यान्वयनका लागि सहयोग पु¥याउने साझेदार संस्था, प्राविधिक टोली, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री धनश्याम भण्डारी, दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।








-1759842583.jpg)