Kakhara सबैको खबर सम्पूर्ण खबर
डाँगीमोडमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ डाँगीमोड स्थित राप्‍ती राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमको मुसिकोट खलङ्गा तर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो । 

घाइते हुनेमा चालक दाङ तुलसीपुर उपमहानगरपालिका १३ बस्ने वर्ष २७ का चन्द्रबहादुर बि.क, रुकुम पश्चिम मुसिकोट नगरपालिका ८ बस्ने वर्ष २० की सुष्मा खड्का, उहाँका छोरा वर्ष ४ को हिमांशु घर्ती मगर र मुसिकोट ११ बस्ने वर्ष २० की रिमा ओली रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै त्रिवेणी गाउँपालिका ७ मुरुडाँडा बस्ने वर्ष २० का विशाल पुन मगर, उहाँकी श्रीमती वर्ष २० की करिष्मा पुन मगर,  बाँकेको राप्‍ती सोनारी गाउँपालिका ७ बस्ने वर्ष ३० का मदन घर्ती र गाडी साहु सल्यान बागचौर नगरपालिका बस्ने वर्ष ३२ का कैलाश बि.क. पनि घाइते भएको प्रहरीको भनाई छ ।

घाइते मध्ये करिष्माकाे अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update