Kakhara सबैको खबर सम्पूर्ण खबर
३० घरपरिवारलाई राहत प्रदान

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १०, का ३० घरपरिवारलाई राहत वितरण गरिएको छ । सोही वडाका नरबहादुर चन्दको पहलमा आनन्दित उपकार केन्द्रले अति विपन्न तथा अपांगता भएका ३० घर परिवारलाई राहत वितरण गरिएको हो । कोरोना भाइरसको कारण समस्या भएको भन्दै ति परिवारलाई राहत प्रदान गरिएको हो । १० नम्बर वडा अध्यक्ष अर्जुन चन्दको उपस्थितिमा प्रति प्रतिघर परिवार १ बोरा चामल, १ लिटर खाने तेल, १ किलो दाल र एउटा साबुन गरी ६० हजार मूल्य बराबरको  खाद्यान्न वितरण गरिएको हो ।  

महामारीकाे कठिन समयमा समस्या रेका परिवारलाई सहयोग प्रदान गरेकोमा वडा अध्यक्ष चन्दले केन्द्रलाई धन्यवाद दिनुभयो । आनन्दित उपकार केन्द्रले यो भन्दा पहिला बाँफिकोट गाउँपालिका दहकी भूमिका ओली र जिप्सिङकी आशिका शाही गरी २ जना टुहुरा बालबालिकालाई निशुल्क खाने, बस्ने र पढाउने गरेको छ ।  केन्द्रकी निर्देशक शुस्मा अधिकारीले संस्थाले समस्यामा परेकालाई सहयोग गर्ने गरेको बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update