घाइते
घरको छतबाट खस्दा एक महिला घाइते, थप उपचारको लागि नेपालगञ्ज लगियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा घरको छतबाट खस्दा एक महिला गम्भीर घाइते भएकी छन् । आज दिउँसो घरको छतमा कपडा सुकाउने क्रममा लडेर सोही वडाकी २४ वर्षीया गनेशा विक घाइते हुनुभएको हो । घरको छतबाट खस्दा विकको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
घटनापछि विकलाई तत्काल झुल्नेटास्थित कवि पोलिक्लिनिकमा पु¥याई सामान्य उपचार गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको स्थानीय खिमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँ भाडाको घरमा बस्दै आउनुभएको थियो । विक करिव ३ मिटर तल खसेको ओली जानकरी दिनुभयो । एम्बुलेन्स मार्फत थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०८३ १७:३५
प्रतिक्रिया दिनुहोस्







-1759842583.jpg)