उद्दार
अत्यधिक रक्तस्राव भएकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
रुकुम पश्चिमको चौरजहारी नगरपालरोशना ओलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जटिल प्रसुति अवस्थाका कारण ओलीलाई हेलिकप्टर मार्फत उद्दार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।बिहिवार चौरजहारी अस्पतालमा भर्ना भई स्वास्थ्य परीक्षण गर्दा पाठेघरको तल्लो भागमा बच्चाभन्दा साल (प्लासेन्टा) अगाडि रहेको र अत्यधिक रक्तस्राव भएपछि ओलीको स्वास्थ्य अवस्था जोखिमपूर्ण बनेको थियो ।
स्वास्थ्य अवस्था जटिल भएपछी गम्भीर अवस्थालाई मध्यनजर गर्दै रास्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्दार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । समयमै हेलिकप्टरबाट उद्धार गरिएकाले स्वास्थ्य अवस्था सुधार हुने परिवारले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३ १२:२८
प्रतिक्रिया दिनुहोस्








-1759842583.jpg)