रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा गौतम बन्धु राष्ट्रिय समाज गाउँपालिका समन्वय समिति गठन गरिएको छ । आज भएको गौतम बन्धुहरूको भेलाले रामबहादुर केसीको अध्यक्षतामा ९ सदस्यीय समन्वय समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा खम्मबहादुर खत्री, सचिवमा शेरबहादुर केसी र कोषाध्यक्षमा किरण केसी रहनुभएको छ । सदस्यहरूमा केशरबहादुर खत्री, दिर्गे खत्री, निखिलकुमार गौतम, खम्मबहादुर खत्री र लिलबहादुर केसी रहनुभएको छ ।
समन्वय समिति गठन सँगै गाउँपालिकामा रहेका गौतम बन्धुहरूको जनसङ्ख्या र वंशावली अभिलेख तयार पार्ने निर्णय समेत गरिएको छ । गौतम बन्धु राष्ट्रिय समाज रुकुम पश्चिम जिल्ला समन्वय समितिका अध्यक्ष ओमबहादुर खत्रीको अध्यक्षतामा भेला भएको हो ।
जिल्लामा गठन पश्चात् समन्वय समितिले जिल्लाका पालिका स्तरमा समेत समन्वय समिति निर्माणलाई तीव्रता दिएको छ । जिल्लाका सबै पालिकामा समन्वय समिति निर्माण गरिने जिल्ला अध्यक्ष खत्रीले जानकारी गराउनुभयो ।
जिल्लामा रहेका गौतमहरूको वंशावली प्रकाशन गर्ने तयारीमा आफूहरू रहेको उहाँले बताउनुभयो । यसका लागि गौतमहरूको बाहुल्यता रहेका जिल्लाका सबै ठाउँमा सम्पर्क व्यक्तिहरू तोकिएको उहाँको भनाई छ ।
त्यस्तै अत्रि गोत्रीय बन्धुहरूबिचमा सामूहिक भोज लगायतका सम्मिलनका कार्यक्रमहरू गर्ने, कुल देवता र कुल पूजामा एकरूपता ल्याउने र सकेसम्म एकै दिनमा कुल पुज्ने तथा कुल देउता एउटै पुज्ने गरी छलफल चलिरहेको उहाँले जानकारी गराउनुभयो ।








-1759842583.jpg)