Kakhara सबैको खबर सम्पूर्ण खबर
दलित समुदायको सशक्तीकरणका लागि मुसिकोटमा अभिमुखीकरण कार्यक्रम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा दलित समुदायको सशक्तीकरण तथा अधिकारसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वयको सभाहलमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दलित समुदायको सशक्तीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला अदालत रुकुम पश्चिमका तहसिलदार लालबहादुर क्षेत्रीले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कानुनी व्यवस्था, संवैधानिक व्यवस्थाअन्तर्गत मौलिक हक, सामाजिक न्यायको हक, राज्यका नीतिहरू, छुवाछूतसम्बन्धी कानुनी प्रावधान तथा कसुर गरेमा हुने सजाय र कार्यविधीका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी जिल्ला अदालतका शाखा अधिकृत नवीन आचार्यले समाजमा विद्यमान जातीय विभेदको अवस्था, त्यसका सामाजिक प्रभाव, वर्तमान कानुनी अवस्था तथा विभेद अन्त्यका उपायबारे सहभागीलाई जानकारी गराउनुभएको थियो । जिल्ला समन्वय समितिका समन्वय अधिकारी मेगराज सोनीले दलित समुदायका लागि सशक्तीकरण कार्यक्रमले दबिएका तथा पछी पारिएका वर्गलाई सशक्त बनाउने बताउनुभयो । यस्ता खालका कार्यक्रम  गाउँ बस्तिहरुमा पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।  पछि पारिएको वर्गलाई सशक्त बनाउन यस्ता खालका कार्यक्रमलाई  निरंतरता दिनुपर्ने उहाँको शुझाब थियो ।

र्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवाहक प्रमुख देवबहादुर विकले दलित समुदायले अझै पनि विभिन्न क्षेत्रमा भोग्नुपरेका समस्या, चुनौती तथा अधिकार सुनिश्चितताका लागि राज्य र समुदायको भूमिकाबारे जानकारी बनाउनुभएको थियो । 

मुसिकोट नगरपालिकाका १४ वटै वडाबाट दलित समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि कानुनी सचेतना, सामाजिक एकता र सामुदायिक पहललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।


कार्यक्रमले दलित समुदायको अधिकार, सामाजिक न्याय तथा समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । समन्वय समितीका कार्यबाहक प्रमुख विकको अध्यक्षमा भएको 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update