जबरजस्ती करणी उद्योगमा २ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
रुकुम पश्चिम प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुकुम जिल्ला अदालतले २०८२ वैशाख १५ गते जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएका मुसिकोट १३ का ३३ वर्षीय कुबेर ओलीलाई पक्राउ गरिएको हो ।
कैद सजाय र जरिवाना फैसला भए पनि ओली फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुसिकोट १३ काउलेचौरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओलीलाई कैद सजाय भुक्तानको लागि आज रुकुम जिल्ला अदालत मुसिकोटमा पेस गरिएको थियो भने सजाय भुक्तानका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २४, २०८३ १७:५१
प्रतिक्रिया दिनुहोस्










-1759842583.jpg)