प्रतिनिधि सभा सदस्य गोपाल शर्माले विद्युत्को समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माले देशभरमा देखिएको विद्युत्को समस्या तत्कालै हल गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
देशभरमा पछिल्लो समय विद्युत्को समस्या धेरै नै बढेको छ, कर्णालीमा त बत्ती जानु सामान्य जस्तै बनेको छ, तराइको जनजीवन कष्टकर बनेको छ, यसमा सरकारले तत्कालै कदम चालोस् सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, उहाँले भन्नुभयो ।
बत्ती नै नआउने समस्या सँगै आएको बखत पनि भोल्टेजको समस्याले विभिन्न उपकरणमा क्षति पुगिरहेको र यसले नागरिकहरूलाई ठुलो आर्थिक नोक्सानी भइरहेको भन्दै उहाँले यसतर्फ पनि सचेत गराउनुभएको छ । विद्युत् आपूर्ति र व्यवस्थापनमा गम्भीर हुन र समस्या तत्काल कदम चाल्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
साथै उहाँले विद्युत् विस्तारमा समेत ध्यान दिन आग्रह गर्नुभएको छ । अहिले पनि देशका धेरै ठाउँमा विद्युत् विस्तार हुन नसकेको भन्दै उहाँले सबै ठाउँमा विद्युत् विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । त्यस्तै धेरै ठाउँमा ट्रान्सफर्मर लगायतका विद्युत् उपकरणहरूको अभाव रहेको भन्दै उहाँले यसमा पनि गम्भीर हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।










-1759842583.jpg)