Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा रुख काट्ने क्रममा रुखले लागेर एक युवकको मृत्यु

रुकुम पश्चिममा रुख काट्ने क्रममा रुखले लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ९ खामाहाले जङ्गलमा रुख काट्ने क्रममा खामाहालेका ३० वर्षीय रुपेश खड्काको मृत्यु भएको हो । 

खड्काको आज २ः३० बजेको समयमा दाउरा काट्नको लागी उतिसको रुख काट्ने क्रममा उतिसको रुखको ठेलाले लागि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । 

घटनाको जानकारी आएपछि प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक नरबहादुर विष्टको कमान्डमा २ जनाको टोली खटिएको थियो । घटनाको थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको कमान्डमा ५ जनाको टोली समेत खटिएको उहाँले बताउनुभयो । 

खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update