रुकुम पश्चिममा सवारी साधन चेकजाँच गरिएको छ । यातायात सेवा व्यवस्था कार्यालय रुकुम पश्चिम, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम र जिल्ला प्रहरी कार्यालय समेतको सहभागितामा मुसिकोटको शितल पोखरीमा सवारी अनुगमन गरिएको हो । जस क्रममा विभिन्न प्रकारका सवारी साधनको अनुगमन गरिएको यातायात सेवा व्यवस्था कार्यालय चौरजहारीका प्रमुख मोहन केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयका तर्फबाट ५७ वटा दुई, तीन तथा चार पाङ्ग्रे सवारी साधनको अनुगमन गरिएको छ । जस क्रममा १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । रुट परमिट नभएका, जाँच पास नभएका, चालक अनुमति पत्र लगायतका कागजात नभएका सवारी साधनलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।
उक्त कारबाहीबाट १९ हजार ५ सय राजस्व समेत संकलन भएको उहाँको भनाई छ । कारबाहीमा पर्नेमा ३ वटा सरकारी सवारी साधन समेत रहेका छन् । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६ वटा सवारी साधनलाई कारबाही गरेको छ । जसबाट ७ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले जानकारी दिनुभयो ।
नियमित कार्यक्रम अन्तर्गत सडक सुशासनका लागि अनुगमन गरिएको यातायात सेवा व्यवस्था कार्यालयले जनाएको छ । सडक तथा सवारी अनुगमन कार्यक्रमलाई कार्यालयले नियमित रूपमा सञ्चालन गरिरहेको प्रमुख केसीले जानकारी गराउनुभयो । सडक सुरक्षाका लागि सडक अनुशासनको आवश्यकता रहेकोले सवारी चालकहरूलाई यसतर्फ सचेत समेत बनाइएको उहाँले बताउनुभयो ।
कार्यालयले यातायात सम्बन्धी सवारी दर्ता, सवारी चालक अनुमति पत्र वितरण, नवीकरण लगायतका सेवा सहित सडक सुशासनलाई समेत प्राथमिकता दिएको उहाँले जानकारी गराउनुभयो ।







-1759842583.jpg)