रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० मा हावाहुरीले मकै बारीमा क्षति गरेको छ । आइतबार दिउँसो आएको हावाहुरीले वडाका विभिन्न ठाउँमा लगाइएको मकै बारीमा क्षति पुगेको कृषकहरूले बताएका छन् ।
विशेष गरी वडाको बरानेटी टोलमा क्षति पुगेको स्थानीय लालबहादुर ओलीले जानकारी दिनुभयो । उक्त ठाउँका करिब २५ घरपरिवारले लगाएको मकै हावाहुरीले सोत्तर बनेको उहाँले बताउनुभयो । धानचौँर खेलेको मकैमा हावाले क्षति गरेको उहाँको भनाई छ ।
मकै सहित अन्य बर्खे बालीमा समेत हावाहुरीले क्षति गरेको स्थानीय कृषकहरूले बताएका छन् । प्रमुख खाद्यान्न बाली मध्येको मकै खेतीमा क्षति पुगेपछि कृषकहरू चिन्तित बनेका छन् ।
अहिले क्षति पुगेको मकै कामै नलाग्ने हुने भएकोले उत्पादनमा ह्रास आउने भन्दै कृषकहरू चिन्तित छन् । हावाहुरी जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनि कृषकहरूले मकै लगायतका खाद्यान्न बालीमा क्षति भोग्दै आएका छन् ।।





-1759842583.jpg)