सानीभेरी ८ मा हँसियाले हानेर छोराले गरे बुवाको हत्या
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन् । वडा नम्बर ८ फुक्रु हुसिखोलाका २६ वर्षीय पारस घर्तीले आज दिउँसो साढे ३ बजेतिरको समयमा आफ्नै बुवा ७४ वर्षीय ठगेन्द्र घर्तीको धारिलो हतियार हँसिया प्रहर गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार पारसले बुवाको टाउकोको पछाडिको भागमा हानेको र घटनास्थलमै मृत्यु भएको हो । पारसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको समेत टाउकोमा चोट लागेको प्रहरी निरीक्षक परियारले बताउनुभयो ।
घटनाको जानकारी पश्चात् सिम्ली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना किन भएको हो भन्ने लगायत घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारको भनाई छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ १६:२८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)