रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । आज बिहान ९ बजेतिर वडा नम्बर १ को बल्देबिसौना स्थित जङ्गलको गोरेटो बाटोको छेउमा सकेट बम फेला परेको थियो ।
उक्त बम नेपाली सेनाको चण्डी दल गण सल्लेको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । बम डिस्पोजका लागि चण्डी दल गणबाट सेनानी सुबनबहादुर कार्कीको नेतृत्वमा टोली खटिएको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बम भेटिएपछि स्थानीले सुरुमा प्रहरी चौकी पुर्तिमकाँडामा जानकारी गराएका थिए । सूचना लगत्तै प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो ।





-1759842583.jpg)