Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी १ र २ मा पाँचदिन देखि विद्युत सेवा अवरुद्ध 
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ मा शनिबार साँझदेखि देखि विद्युत सेवा अवरुद्ध भएको छ । सिम्रुतु बजार नजिकै गएको पहिरोले विद्युतको पोल भत्काउँदा शनिवार साँझदेखि देखि विद्युत लाइन अवरुद्ध भएको हो । पाँच दिनसम्म  विद्युत आपूर्ति बन्द हुँदा स्थानीयवासीको दैनिक जनजीवन प्रभावित बनेको छ । मोबाइल फोन चार्ज गर्न नपाउँदा आफन्त तथा आवश्यक कामकाजमा सम्पर्क गर्न कठिनाइ भएको छ भने विद्यार्थीको पठनपाठनसमेत प्रभावित बनेको स्थानीयले बताएका छन् । विद्युतमा निर्भर व्यवसाय, कार्यालय तथा अन्य सेवा सञ्चालनमा समेत समस्या  भएको छ । 

विद्युत सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली मर्मत कार्यमा खटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त पोल र लाइन मर्मत सम्पन्न भएपछि विद्युत सेवा पुनः सुचारु गरिने बताइएको छ ।

स्थानीयवासीले मर्मत कार्य छिटो सम्पन्न गरी यथाशीघ्र विद्युत सेवा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update