यमुना नन्द नमुना माविका विद्यार्थीद्वारा शिक्षकलाई सम्मान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को यमुना नन्द नमुना माविका विद्यार्थीहरूले शिक्षकलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसरमा आज विद्यार्थीहरूले विद्यालयका सबै शिक्षकहरूलाई एकै ठाउँमा राखेर दुवोको माला तथा टीका लगाएर सम्मान गरेका हुन् ।
विद्यार्थीहरूले २८ जना शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको बताइएको छ । केक समेत काटिएको थियो । प्रधानाध्यापक कमप्रसाद देवकोटा, पूर्व शिक्षक वयोवृद्ध डिल्लीबहादुर मल्ल तथा पूर्व प्रधानाध्यापक दामोदर पौडेलले केक काट्नुका साथै पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । आज देशभरमा गुरु पूर्णिमा मनाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ १९:२७
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)