मृत्यु
आठबिसकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ५ मिग्रीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो ४२ वर्षीया धनी खत्री जंगलबाट घाँस काटेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । खत्रीकाे भिरबाट करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईंको नेतृत्वमाा प्रहरी टोली घटनास्थलमा पुगेर पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १९:०९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)