रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० गलमपाटीस्थित जनता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिको छ । राप्ती समाज युकेको सहयोगमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत २८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा एक कार्यक्रको आयोजना गरी प्रत्येक विद्यार्थीलाई एक–एक वटा झोला, दुई–दुई वटा कलम र एक–एक वटा कापी वितरण गरिएको वडा सदस्य बुद्धिबहादुर रोकायले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही अवसरमा विद्यालय परिसर वरपर विभिन्न प्रजातिका ५० वटा बिरुवा समेत रोपिएको छ । बिरुवा डिभिजन वन कार्यालयले उपलब्ध बनाएको हो । विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनप्रति थप उत्साहित बनाउने तथा विद्यालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षरोपण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का बसन्तले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन सहजीकरण गर्ने मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनमगर तथा सहयोगी संस्था राप्ती समाज यूके र विरुवा उपलब्ध बनाउने डिभिजन वन कार्यालयलाई वडा कार्यालय तथा विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।






-1759842583.jpg)