Kakhara सबैको खबर सम्पूर्ण खबर
एक विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउँदै लायन्स क्लब मुसिकोट

द लायन्स क्लब अफ मुसिकोट खलंगा र डिभिजन वन कार्यालय रुकुम पश्चिमको संयुक्त आयोजनामा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिसर वरपर विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, वन कार्यालयका प्रतिनिधि तथा विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

सोही  अवसरमा बिजयश्वरी  सेकेण्डरी बोर्डिङ स्कुल मुसिकोट नगरपालिका –१ मा अध्ययनरत मुसिकोट नगरपालिका–१० निवासी कक्षा ८ का विद्यार्थी खेमराज खड्कालाई कक्षा १२ सम्म पूर्ण रूपमा निःशुल्क अध्ययन गराइने घोषणा गरिएको छ । द लायन्स क्लब अफ मुसिकोट खलंगाले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था र अध्ययनप्रतिको लगनशीलतालाई आधार मानी खेमराजलाई उक्त शैक्षिक सहयोग प्रदान गर्ने  घोषणा गरेको क्लबका अध्यक्ष तथा बिजयश्वरी  बोर्डिङ स्कुलका प्रीन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

वातावरण संरक्षणसँगै शिक्षामा पहुँच विस्तार गर्ने यस्तो अभियान समाजका लागि अनुकरणीय रहेको उहाँको भनाइ छ ।inbound4319415822641047733-1785566610.jpg


प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update