Kakhara सबैको खबर सम्पूर्ण खबर
रोल्पाको इरिवाङ केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । उक्त भूकम्पको धक्का रूकुम पश्चिममा पनि महशुस भएकाे थियाे । भूकम्प पछि मानिसहरू घर बाहिर निस्किएका थिए ।

भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update