भूकम्प
भूकम्पले त्रिवेणी २ बादरपानी घर चर्कियो
रोल्पाको इरिवाङ केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ रेक्टर स्केलको भूकम्प तथा सोही दिन राति महसुस गरिएको अर्को भूकम्पपछि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बादरपानीका केही घरमा क्षति पुगेको छ। स्थानीय कविराम खडकाले चार वर्षअघि निर्माण गरेको घरको भित्री र बाहिरी पर्खालमा ठूलो चिरा परेको छ । घरको पर्खाल माथिदेखि तलसम्म चर्किएको छ भने घरको सुरक्षाबारे समेत चिन्ता बढेको परिवारले जनाएको छ ।
स्थानीयका अनुसार कविराम खडकाको घरसँगै बादरपानीका अन्य केही घरमा पनि सामान्य चर्किने समस्या देखिएको छ । मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । प्रभावितहरूले सम्बन्धित निकायबाट क्षतिको स्थलगत निरीक्षण, प्राविधिक मूल्याङ्कन तथा आवश्यक राहत र सहयोगको माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ १७:५८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)