Kakhara सबैको खबर सम्पूर्ण खबर
गौतम बन्धु राष्ट्रिय समाज चौरजहारी गठन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गौतम बन्धु राष्ट्रिय समाज समन्वय समिति गठन गरिएको छ । समाजका जिल्ला अध्यक्ष ओमबहादुर खत्रीको अध्यक्षतामा भएको भेलाले नारायण प्रसाद शर्मा गौतमको अध्यक्षतामा ९ सदस्यीय समाज गठन गरेको हो । 

जसको उपाध्यक्षमा यज्ञश्वर शर्मा गौतम, सचिवमा कमला केसी गौतम र कोषाध्यक्षमा ओमबहादुर खत्री गौतम रहनुभएको छ । सदस्यहरूमा ऋषिराम शर्मा गौतम, कृष्णप्रसाद शर्मा गौतम, सीता गौतम, गणेश खत्री गौतम र चक्रप्रसाद शर्मा गौतम रहनुभएको छ । 

त्यस्तै केशवकुमार शर्माको संयोजकत्वमा काशीराम गौतम र केशवकुमार गौतम सदस्य रहेको सल्लाहकार समन्वय समिति समेत गठन गरिएको छ । पहिलो बैठकले चौरजहारी नगरपालिकामा रहेका गौतम बन्धुको जनसङ्ख्या र वंशावली अभिलेख तयार पार्ने निर्णय गरेको जिल्ला अध्यक्ष ओमबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update