Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा अनुदान शिक्षक संगठित, पालिकास्तरिय समिति गठन 
निर्वाचित पदाधिकारीहरु ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूको पहिलो अधिवेशन सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा भएको पालिकामा कार्यरत शिक्षकहरूको भेलाले नयाँ पालिका समिति निर्माण गरेको हो । 

सङ्घीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको भेलाले भुवन पाण्डेको अध्यक्षतामा २२ सदस्यीय पालिका स्तरीय समिति निर्माण  गरेको छ । जसको उपाध्यक्षमा गङ्गा पुन मगर र नरेन्द्र खड्का, सचिवमा कृष्णबहादुर ओली, सह–सचिवमा तेजबहादुर विक तथा कोषाध्यक्षमा रविन केसी चयन हुनुभएको छ । 

त्यस्तै सदस्यहरूमा कविकुमार बुढाथोकी, सौगात बुढाथोकी, लालबहादुर विष्ट, देवबहादुर पुन, सृष्टि पुन मगर, नवीन पुन, खुमा डाँगी ओली, चेतना ओली  खड्का चयन हुनुभएको छ । त्यसै गरी गोपाल खड्का, विर्खबहादुर केसी, धनबहादुर पुन मगर, दिनेश बुढाथोकी, नरेन्द्रकुमार खड्का, रत्नबहादुर ओली, खकेन्द्र  ओली, दीपेन्द्र डाँगी र रमेश ओली पनि सदस्यमा चयन हुनुभएको छ ।  

समितिले शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको हकहित, पेसागत समस्या तथा साझा विषयमा समन्वय र सहकार्य गर्दै गाउँपालिका स्तरमा काम गर्ने  नवनिर्वाचित अध्यक्ष पाण्डेले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष पाण्डेको अध्यक्षता भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर विश्वकर्मा, त्रिवेणी गाउँपालिका पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती मगरको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update