Kakhara सबैको खबर सम्पूर्ण खबर
साँख खोलामा ७० वर्षीय वृद्ध मृत फेला
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ बासिनास्थित साँख खोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।  मुसिकोट नगरपालिका –७ तलिगाउँ निवासी ७० वर्षीय जोखबहादुर कामी सोमबार खोलाको बीच भागमा मृत अवस्थामा फेला परेका हुन् ।  स्थानीयले साँख खोलाको विचभागमा मृत अवस्थामा देखिपछि घटनाबारे प्रहरी चौकी झुलखेतलाई जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै प्रहरी चौकी झुलखेतबाट प्रहरी सहायक निरीक्षक मनोज शाहीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो भने  घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा ६ जनाको प्रहरी टोलीसमेत घटनास्थल पुगेको थियो । मृतक कामीको पोष्टमार्टम पश्चात आफन्तले शव बुझिलिएको प्रहरी निरीक्षक परियाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक कामी अविवाहित रहेको  खुलेको उहाँले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update