रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा इभी गाडीको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् । त्रिवेणी गाउँपालिका–८ लाखुरीबोटकी अन्दाजी ७५ वर्षीया काली बिटालुलाई आज त्रिवेणी गाउँपालिका–१० भयराथानमा इभी गाडीले ठक्कर दिएको हो । इभि गाडिएको ठक्करबाट विटालुको खुट्टा भाच्चिएको, शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको त्रिवेणी गाउँपालिका ८ का वडा अध्यक्ष नन्दराम खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिटालु मुसिकोट नगरपालिका–१२ जमारुबाट माइती घरबाट आफ्नो घरतर्फ फर्किंदै गर्दा गाडीले ठक्कर दिएको हो । खलंगाबाट पेउघा–नुवाकोटतर्फ जाँदै गरेको इभी गाडीले उहाँलाइई ठक्कर दिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । दुर्घटनापछि घाइते बिटालुको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पु¥याइएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा दुर्घटनाको थप विवरण संकलन गरिरहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
थप विवरण तथा गाडी र चालकको पहिचान खुल्न बाँकी रहेको छ ।





-1759842583.jpg)