शव फेला
सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका युवकको शव चार दिनपछि फेला
रुकुम पश्चिमको सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएका एक युवकको शव चार दिनपछि फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ भोटेमारास्थित सानीभेरी नदीमा जाल खेली माछा मार्ने क्रममा बाँफिकोट गाउँपालिका–१० का अन्दाजी ३४ वर्षीय देव वलीलाई गत साउन २२ गते नदीले बगाएको थियो ।
नदिले बगाएका वलीलाई खोजिकार्य गर्दा वलीको शव आज सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी निुभयो । शव फेला परेपछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पुयाएर आफन्तलाई जिम्मा लगाएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ १८:२८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)