Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीका मेयर वादीलाई अदालतबाट सफाइ

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले घुस लिएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ ।

विशेष अदालत काठमाडौंले भ्रष्टाचार (रिसवत÷घुस) मुद्दामा मंगलबार फैसला गर्दै नगर प्रमुख वादीलाई सफाइ दिएको हो ।  मुद्दामा नगर प्रमुख वादीसहित दुई जना प्रतिवादी थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख वादी र असिस्टेन्ट सब–इन्जिनियर मनोज शाहविरुद्ध घुससम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारको दाबीअनुसार करार सेवाको म्याद थप गर्ने विषयमा १ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको थियो ।

तर अदालतको फैसलापछि नगर प्रमुख वादीमाथि लगाइएको उक्त आरोपमा सफाइ भएको हा । यससँगै घुस लिएको आरोपमा चलेको मुद्दाबाट वादीलाई कानुनी रूपमा राहत मिलेको छ ।  

अख्तियारले मुद्दा दायर गर्दा वादीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना तथा घुस रकम जफतसहितको मागदाबी गरेको थियो । तर अदालतको फैसलाले उक्त अभियोगमा वादीलाई दोषी ठहर नगरेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update