रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० भयराथानमा इभि भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी त्रिवेणी गाउँपालिका–८ की ६५ वर्षीया काली बिटालुको मृत्यु भएको छ । सोलाबाङबाट नुवाकोटतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ०३८९ नम्बरको इभि भ्यानले पैदल हिँडिरहेकी बिटालुलाई त्रिवेणी–१० भयराथानस्थित भित्री सडकखण्डमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते बिटालुलाई प्रहरी टोलीले उद्धार गरी तत्काल जिल्ला अस्पताल सल्ले ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुुकम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापछि फरार रहेका भ्यान चालकको खोजी भइरहेको छ । भ्यान र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण तथा मृतकको शव परीक्षणलगायत प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)