Kakhara सबैको खबर सम्पूर्ण खबर
दाउरा निकाल्ने क्रममा सानीभेरी नदीमा एक युवक वेपत्ता
फाइल फाेटाे ।

रुकुम पश्चिममा सानीभेरी नदीमा एक व्यक्ति वेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर २ गिठाकोट स्थित सानीभेरी नदीमा दाउरा निकाल्न गएका सानीभेरी १ का २८ वर्षीय प्रेम रोकाय नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार १०ः२० बजेको समयमा गिठाकोट स्थित सानीभेरी नदिको किनारामा दाउँरा निकाल्ने क्रममा वडा नम्बर १ टाउँकेलेखका रोकाय नदीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी सहायक निरीक्षक युवराज पाण्डेको कमाण्डमा २ जना र थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डांगीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update