रास्वपाको आयोजनामा मुसिकोट ३ मा वृक्षारोपण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बरको ३ को एक सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वडाको गौतेकाली सामुदायिक डिभिजन वन कार्यालयको सहयोग तथा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको आयोजनामा वृक्षारोपण गरिएको हो ।
१० वटा धुपी, १० वटा चिउरी, १० वटा मयुरपंखी र अन्य १० वटा गरी ४० वटा बिरुवा रोपिएको रास्वपा रुकुम पश्चिमले जनाएको छ । वन संरक्षण र प्राकृतिक सौन्दर्यताका लागि वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।
पार्टीका जिल्ला सभापति द्रोण खड्का, मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुन, डिभिजन वन कार्यालयका वन अधिकृत खड्कलाल नेपाली, पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ १२:५१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)