रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० स्याँकोटमा बँदेलले मकैबालीमा ठूलो क्षति पु¥याउन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । किसानले मेहनत र लगानी गरेर लगाएको मकैबाली जंगली बँदेलले भाँच्ने, ढाल्ने तथा कुल्चिएर नष्ट गर्न थालेपछि उनीहरू समस्यामा परेका हुन् । मकै पाक्ने समय नजिकिँदै गर्दा बँदेलको आतंक झनै बढेको स्थानीयन रतीभान शर्माले बताउनुभयो ।
“दुःख गरेर खेती ग¥यो, रातारात बँदेलले नष्ट गरिदिन्छ । किसानको यस्तो समस्याप्रति सरकार गम्भीर बनोस् र क्षतिको उचित राहत तथा बँदेल नियन्त्रणको व्यवस्था गरियोस्।” शर्माले भन्नुयो । वर्षभरि मेहनत गरेर उत्पादनको आशा गरिएको मकैबाली नष्ट हुन थालेपछि किसानको लगानीसमेत खेर जाने अवस्था आएको प्रति चिन्तित बनेका छन् । किसानहरूले बँदेलबाट भएको क्षतिको तत्काल स्थलगत निरीक्षण गरी उचित मूल्यांकन गर्न माग गर्नुका साथै क्षतिका आधारमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको माग छ ।
त्यस्तै बँदेल नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने समेत स्थानीयले माग गरेका छन् । जंगली बँदेलका कारण खेती जोगाउन रातको समयमा समेत खेतबारीमा पहरा दिनुपर्ने अवस्था आएको किसानहरूको गुनासो छ । उनीहरूले वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरणका लागि दीर्घकालीन तथा प्रभावकारी योजना बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।





-1759842583.jpg)