सल्यानमा भेरी नदीमा जिप खसेको छ । उक्त दुर्घटनामा परी २ जना वेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दीपक पातलीले जानकारी दिनुभयो
बुधवार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।
बालुवासंग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी पातलीले जानकारी गराउनुभयो । जिपमा चार जना मात्रै सवार रहेको खुलेको छ ।





-1759842583.jpg)