रुकुम पश्चिममा नयाँ यातायात प्रालि सञ्चालनमा आउँदै छ । जिल्लामा नयाँ यातायात प्रालिको रूपमा संयुक्त रुकुम यातायात प्रालि सञ्चालनमा आउन लागेको हो । रुकुम देखि काठमाडौँसम्म यातायात सेवा प्रदान गर्ने गरी प्रालि सञ्चालनमा आउन लागेको प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो ।
प्रालिले बिहीबार आज नयाँ तीन वटा स्लिपर गाडी भित्र्याउँदै छ । अहिले तत्काललाई ५ वटा नयाँ स्लिपर गाडी सञ्चालन गर्न लागेकोमा आज जिल्लामा तीन वटा गाडी भित्र्याउन लागिएको अध्यक्ष थापाले बताउनुभयो । स्तरीय सेवा दिने उद्देश्यले प्रालि सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।
उहाँका अनुसार अब यात्रुले रुकुमबाट काठमाडौँ र काठमाडौँ देखि रुकुम पश्चिम सुतेर तथा स्तरीय सोफा सिटमा बसेर यात्रा गर्न पाउने छन् । साथै केही मात्रामा रोजगारी समेत सिर्जना हुने उहाँले बताउनुभयो । आज जिल्लामा धूमधामका साथ गाडीलाई स्वागत हुने र भाद्र १ गतेबाट सेवा प्रारम्भ हुने अध्यक्ष थापाको भनाई छ ।
१ गते रुकुमबाट गाडी छुट्ने छ भने त्यसपछि नियमित रूपमा गाडी सञ्चालन हुने बताइएको छ । जिल्लामा स्लिपर गाडी भित्र्याउने संयुक्त रुकुम यातायात प्रालि दोस्रो प्रालि बनेको छ ।





-1759842583.jpg)