समिति चयन
जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा केसी चयन
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित जनकल्याण माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । आज विद्यालयमा भएको अभिभावकहरुको भेलाले लालबहादुर के सी अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा बलबहादुर खत्री, चम्फा खत्री, र सन्जु गहतराज समितिको सदस्यतामा चयन हुनुभएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष हर्कबहादुर खत्रीको अध्यक्षता भएको अभिभावक भेलामा वडाका जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, सुरक्षा कर्मी लगाएतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ १८:३७
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)