भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ भेरी नदी दोभान स्थित भेरी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।
शनिबार बेलुकी ६ः१५ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । मृत फेला परेका व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो ।
शव फेला परेको भनी सूचना आएपछि इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी टोली खटिएको थियो । शव सनाखतको लागि आफन्तको खोजी गर्दा तत्काल सनाखत हुन नसकेको र घटनास्थल÷लास जाँच प्रकृति मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागि स्वास्थ्य सेवा कार्यालय सल्लेको शव गृहमा राखिएको उहाँले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।





-1759842583.jpg)