Kakhara सबैको खबर सम्पूर्ण खबर
सेरिगाउँमा पहिरोले तीन घर जोखिममा, वर्कसप र विभिन्न सवारीमा क्षति 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा तीन घर पहिरोको जोखिममा परेका छन् । सेरिगाउँस्थित बिद्युत् कार्यालय नजिक आइतबार मध्यान्ह सुख्खा पहिरो जाँदा स्थानीय वनिता मल्लको दुई तले आठ कोठे, हरिबहादुर सुनारको दुई कोठे र हेमबहादुर पाण्डेको २ तले घर जोखिममा परेका हुन् । 

घर मुनिबाट पहिरो जाँदा यी घरहरू जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । त्यस्तै पहिरोले एउटा वर्कसपमा क्षति गरेको छ । धनबहादुर विकले सञ्चालन गरेको युग इन्जिनियरिङ वर्कसपमा क्षति पुगेको प्रहरीले जनाएको छ । वर्कसपको एक साइडमा ठुलो ढुङ्गा लागेको छ । 

उक्त पहिरोका कारण रोकी राखेका विभिन्न सवारीमा समेत क्षति पुगेको छ । एउटा रोलर, एउटा मिक्स्चर, २ वटा ट्याक्टर र एक्स्काभेटरको बकेटमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । ठुला ठुला ढुङ्गा रहेको उक्त ठाउँमा पहिरो झरेको हो । 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update