Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त यातायात प्रालिको सेवा सुरु, लक्की ड्र बाट नकालले गरे निःशुल्क यात्रा

संयुक्त रुकुम यातायात प्रालिले सेवा सुरु गरेको छ । जिल्लामा नयाँ सञ्चालनमा आएको संयुक्त रुकुम यातायात प्रालिले सोमबार देखि रुकुम पश्चिमबाट सेवा सुरु गरेको हो । बिहीबार जिल्लाबाट प्रालिको बस काठमाडौँका लागि छुटेको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ पेदीबजारबाट रात्री बस काठमाडौँका लागि छुटेको हो । लु.प्र.०२¬–००१ ख ०५८९ नम्बरको बस काठमाडौँ प्रस्थान गरेको प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । पेदी बजारबाट सिम्ली, छिवाङ, मुसिकोट हुँदै बस काठमाडौँ प्रस्थान गरेको उहाँले बताउनुभयो । 

३४ जना यात्रु लिएर बस गएको उहाँको भनाई छ । यसैबिच पहिलो विजेता सानीभेरी गाउँपालिका वडा नम्बर ३ का सुलभ नकाल बन्नुभएको छ । उहाँले प्रालिका तर्फबाट टिकट शुल्क २ हजार फिर्ता पाउनुभएको अध्यक्ष थापाले बताउनुभयो । 

कम्पनीको निर्णय अनुसार प्रत्येक पटकको यात्रामा एक जना भाग्यशाली विजेतालाई टिकट शुल्क फिर्ता दिने व्यवस्था रहेकोमा पहिलो दिनको यात्रा गर्ने यात्रु मध्येमा गोला प्रथा गर्दा नकाल विजेता बनेको उहाँको भनाई छ ।  

हरेक दिन संयुक्त रुकुम यातायात प्रालिका बसमा यात्रा गर्ने यात्रुहरूका बिचमा लक्की ड्र गरिने र विजेतालाई टिकटको पैसा फिर्ता गरिने प्रालिले जनाएको छ । त्यस्तै वर्षभरिमा यात्रा गरेका यात्रुहरूका बिचमा गोला प्रथा मार्फत एक जना विजेताले बम्पर उपहार स्कुटर जित्ने अध्यक्ष थापाले जानकारी गराउनुभयो । 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update