दुर्घटना ।
आठविसकोटमा विरामी बोकेको अटो दुर्घटना
दुई महिला र एक पुरुष गरी तीन जना घाइते
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा विरामी बोकेको अटो दुर्घटना भएको छ । अटो दुर्घटना हुँदा आठविसकोट नगरपालिका १२ बार्खूका दुई महिला र एक पुरुष गरी तीन जना घाइते हुनुभएको हो । घाइतेको नगर अपस्तालमा उपचार भइरहेको वडा नम्बर ९ का वडा अध्यक्ष जनक बटालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा आठविसकोट १२ बार्खूका विरमी विक, जमुना विक र खल बहादुर विक रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । सोही स्थानका भरत विकले चलाएको भे १ ह ९६२२ नम्बरको अटो नगर अस्पतालको गेट नजिकै पछाडी सार्नेक्रममा दुर्घटना भएको हाे । अटो करिव ५/६ मिटर तल खसेको वडा अध्यक्ष बटालाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३ १४:२९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)