Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त रुकुम यातायात (रुकुम श्री) मा यात्रा गर्ने दोस्रो भाग्यशाली यात्रु सुधीर

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ ठाराढुंगाका सुधीर सिंह संयुक्त रुकुम यातायात प्रालिद्वारा सञ्चालित रुकुम श्री बसमा यात्रा गर्ने दोस्रो भाग्यशाली यात्रु बन्नुभएको छ । रुकुम पश्चिमबाट आज काठमाडौँ गएको बसमा यात्रामा रहनुभएका सिंहले गोला प्रथा मार्फत निःशुल्क यात्राको अवसर पाउनुभएको हो । 

जिल्लाबाट काठमाडौँका लागि छुटेको लु.प्र.०२–००१ ख ०५९० नम्बरको बसमा सिट नम्बर बि १ मा यात्रा गर्नुभएका सिंह गोला प्रथा मार्फत विजेता बन्दै टिकटको रकम फिर्ता पाएको प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । 

कुल २८ जना यात्रुहरूका बिचमा गोला प्रथा गरिएकामा उहाँ विजयी भएको उहाँको भनाई छ । सोमबार पहिलो दिन सानीभेरी गाउँपालिका ३ का सुलभ नकालले विजेता बन्दै निःशुल्क यात्रा गर्ने अवसर प्राप्त गरेकामा आज दोस्रो दिन उक्त अवसर सिंहले पाएको उहाँले बताउनुभयो । 

कम्पनीको निर्णय अनुसार प्रत्येक पटकको यात्रामा एक जना भाग्यशाली विजेतालाई टिकट शुल्क फिर्ता दिने व्यवस्था रहेको छ । हरेक दिन संयुक्त रुकुम यातायात प्रालिका बसमा यात्रा गर्ने यात्रुहरूका बिचमा लक्की ड्र गरिने र विजेतालाई टिकटको पैसा फिर्ता गरिने प्रालिले जनाएको छ । 

त्यस्तै वर्षभरिमा यात्रा गरेका यात्रुहरूका बिचमा गोला प्रथा मार्फत एक जना विजेताले बम्पर उपहार स्कुटर जित्ने अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update