Kakhara सबैको खबर सम्पूर्ण खबर
जुम्ले पोखरीमा नेपाल टेलिकमको सेवा नियमित नहुँदा स्थानीयलाई सास्ती 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ र ६ को बीचमा पर्ने जुम्ले पोखरी क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर लामो समयदेखि अवरुद्ध हुँदा स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन् । टावरमा समस्या आएपछि फोन गर्न तथा इन्टरनेट चलाउनसमेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् । अघिल्लो दिनको साँझ ५ बजे नेटवर्कले काम गर्न छोड्ने र भोलीपल्ट ११ बजेपछि मात्र नेटवर्क आउने गरेको स्थानीय ललित खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिले पनि उक्त क्षेत्रमा नेटवर्कको समस्या हुँदा फोन गर्न वा इन्टरनेट चलाउन डाँडातिर जानुपर्ने बाध्यता थियो । अहिले टावर भएर पनि लामो समयदेखि नियमित रूपमा सञ्चालनमा नआउँदा स्थानीयवासीले फेरि त्यही समस्या भोग्नुपरेको उहाँको भनाइ छ । “पहिले टावर नहुँदा फोन गर्न होस् वा नेट चलाउन, डाँडातिर जानुपर्ने अवस्था थियो । अहिले टावर भएर पनि नियमित सेवा पाउन नसकिएको खनालको भनाई छ ।
 
नियमित नेटवर्क नआउँदा स्थानीयवासीलाई फोन तथा इन्टरनेट प्रयोग गर्न निकै समस्या हुने गरेको छ । विद्यार्थी, व्यवसायी तथा अन्य सेवाग्राहीसमेत यसबाट प्रभावित भएका छन् ।  सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिई टावर मर्मत तथा नियमित सञ्चार सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्,।
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update