Kakhara सबैको खबर सम्पूर्ण खबर
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी खत्री पक्राउ
फाइल फोटो ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ज्यान मार्ने उद्योगको घटनापछि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ  । सोमबार दिउँसो आठविसकोट नगरपालिका ३ पाटागाउँका ३५ वर्षीय नौले खत्रीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबीसकोट नगरपालिका–३ खदिस्थित वडा कार्यालयको गेट नजिक २०८३ वैशाख ६ गते राति करिब ९ बजे कर्णबहादुर खत्री र नाले खत्रीले ज्यान मार्ने उद्देश्यले धनबहादुर बुढाको टाउको र निधारमा धारिलो डुंगाले पटक–पटक प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनापछि दुवै जना फरार रहेका थिए। फरार प्रतिवादीमध्ये आठबीसकोट नगरपालिका–३ पाटागाउँ निवासी करिब ३५ वर्षीय नाले खत्रीलाई इलाका प्रहरी कार्यालय आठविसकोटबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।

पक्राउ परेका खत्रीलाई रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटनामा संलग्न अर्का प्रतिवादी कर्णबहादुर खत्री भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update