संयुक्त रुकुम यातायात प्रालिद्धारा सञ्चालित रुकुम श्री बसमा यात्रा गर्ने २ जना यात्रुले निःशुल्क यात्रा गरेका छन् । बुधवार रुकुम पश्चिमबाट काठमाडौँ जाने क्रममा बाँफिकोट गाउँपालिका ३ की नवीना ओलीले निःशुल्क यात्रा गर्नुभएको हो । बस नम्बर लु.प्र. ०१००१ ख १०८४ को बि ३ नम्बर सिटमा यात्रा गर्ने उहाँ लक्की ड्र मार्फत विजेता बन्नुभएको हो ।
उक्त बसमा ३५ जना यात्रु चढेका थिए । त्यस्तै काठमाडौँबाट रुकुम पश्चिम आउने बसमा रुकुम पूर्व सिस्ने गाउँपालिका ७ का रामबहादुर बुढाथोकीले निःशुल्क यात्रा गर्नुभएको हो । उहाँले रुकुम पूर्वको रुकुमकोटसम्मको टिकट लिनुभएको प्रालिले जनाएको छ । लु.प्र.०२-००१ ख ०५९० नम्बरको बसमा यात्रा गरेका बुढाथोकी लक्की ड्र मार्फत विजेता बनेको प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो ।
कम्पनीको निर्णय अनुसार प्रत्येक पटकको यात्रामा एक जना भाग्यशाली विजेतालाई टिकट शुल्क फिर्ता दिने व्यवस्था रहेको छ । हरेक दिन संयुक्त रुकुम यातायात प्रालिका बसमा यात्रा गर्ने यात्रुहरूका बिचमा लक्की ड्र गरिने र विजेतालाई टिकटको पैसा फिर्ता गरिने प्रालिले जनाएको छ ।
त्यस्तै वर्षभरिमा यात्रा गरेका यात्रुहरूका बिचमा गोला प्रथा मार्फत एक जना विजेताले बम्पर उपहार स्कुटर जित्ने अध्यक्ष थापाले जानकारी गराउनुभयो ।





-1759842583.jpg)