Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलङ्गा खानेपानी संस्थाले कर्मचारी र ग्राहकलाई सम्मान गर्‍यो

रुकुम पश्चिमको मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक जना ग्राहकलाई सम्मान गरेको छ । संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट नियमित रूपमा पानीको महसुल बुझाउने वडा नम्बर १ की मिना ओलीलाई सम्मान पत्रले सम्मान गरिएको हो । 

ओलीले नियमित रूपमा समयमै संस्थाको कार्यालयमा पुगेर खानेपानीको महसुल बुझाएको संस्थाले जनाएको छ । नियमित रूपमा खानेपानीको महसुल बुझाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न नियमित खानेपानी महसुल बुझाउने मध्येमा १ जना ग्राहकलाई सम्मान गरिएको संस्थाको भनाई छ । 

त्यस्तै साधारण सभा तथा अधिवेशनको अवसरमा संस्थाका २ जना कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट काम गर्ने कार्यालय सहयोग सुष्मा बोहरा र मुहान हेरालु हरिबहादुर गिरीलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update