Kakhara सबैको खबर सम्पूर्ण खबर
एक महिनामा ११८ सवारीसाधन कारवाहीमा 
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ११८ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कारवाही पर्नेमा अटो, मोटरसाइकल, जिप लगायत छ्न । ट्राफिक चेकजाँचका क्रममा गरिएको कारबाहीबाट एक महिनामा १ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोही अवधिमा प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धिका लागि १७३ वटा ट्राफिक सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट १२ हजार ८६२ जना लाभान्वित भएको  उहाँको भनाई छ । प्रहरीले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँचसँगै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update