रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङका मिसन केसीले मुसिकोट नगरपालिका वडा नम्बर १३ को एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
आफ्ना दिवङ्गत हजुरबुवा भिमबहादुर खत्रीको सम्झनामा मिसनले सरस्वती आधारभूत विद्यालय मुसिकोट १३ काउलेचौरका ४५ जना विद्यार्थीलाई कापी र कलम प्रदान गर्नुभएको हो । उहाँले प्रतिविद्यार्थी चार वटा कापी र चार वटा कलम प्रदान गर्नुभएको बताइएको छ ।
पठन पाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले दिवङ्गत हजुरबुवाको सम्झनामा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको केसीले बताउनुभयो । हजुरबुवाले स्थापना गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाई छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । सहयोगी केसीलाई विद्यालयले धन्यवाद दिएको छ ।





-1759842583.jpg)