Kakhara सबैको खबर सम्पूर्ण खबर
रसुवामा कार्यरत रुकुम पश्चिमका श्रीमान् श्रीमती सहित छोरी सम्पर्क विहीन 
 फाेटाे Blur गरिएकाे ।

रसुवामा रुकुम पश्चिमका तीन जना सम्पर्क विहीन बनेका छन् । गोसाईंकुण्ड गाउँपालिका स्वास्थ्य शाखा स्याफ्रूवेशी र गाउँपालिका कार्यरत श्रीमान्, श्रीमती र उहाँहरूकी नाबालिग छोरी सम्पर्क विहीन बनेको परिवारजनले बताएका छन् ।

मुसिकोट नगरपालिका १४ माइती भई आठबिसकोट नगरपालिका वडा नम्बर ७ विवाह गरेकी कोपिला केसी बोहरा, उहाँका श्रीमान् खम्बु बोहरा र उहाँहरूकी नाबालिग छोरी सम्पर्क विहीन रहेको कोपिलाकी बहिनी भावना केसीले फेसबुकमा लेख्नुभएको छ ।

श्रीमान् स्वास्थ्य शाखामा र श्रीमती गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । उहाँहरू बाढीमा परेको आशंका गरिएको छ । एक्कासि आएको बाढीले टेलिफोन सेवा अवरुद्ध भएकोले पनि उहाँहरू सम्पर्कमा आउन नसकेको हुनसक्ने पनि परिवारजनले आशंका गरेका छन् ।

तिब्बत क्षेत्रमा हिम पहिरो जाँदा भोटे कोशे नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा वितण्डा मच्चाएको छ । 

बहिनी भावनाले फेसबुकमा यस्ताे लेख्नुभएकाे छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update